मलेसियामा ज्यान गुमाएका १७ नेपालीको शव नेपाल ल्याएर आफन्तलाई बुझाइयो

काठमाडौं, १० माघ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरुको शव काठमाडौं ल्याइएको छ ।

नेपाल एयरलाइन्सको विमानले शनिबार (आज) १७ नेपालीको शव ल्याइएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए ।

मृतकका परिवारको पीडालाई बुझेर नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको नेपाल बायुसेवा निगमले जनाएको छ । निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ ।

नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गरेको हो । शनिबार ल्याइएका शवहरु सम्बन्धित आफन्तहरुलाइ बुझाइएको छ ।

विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने गर्दै आएको छ । निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो ।

न्यूज24 नेपालबाट 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment