बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस नेपालमा पनि भेटियो

 

काठमाडौं, ५ माघ । नेपालमा पनि कोरोना भाइरसको नयाँ प्रजाती (भेरियन्ट) देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट आएका तीन जना नेपाली नागरिकमा नयाँ प्रजाती (भेरियन्ट)को कोरोना भाइरस देखा परेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नयाँ प्रजातीको भाइरसको संक्रमण हो-होइन भन्ने पुष्टि गर्नका लागि मिति २०७७ पुष २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो । उक्त नमूनाहरुको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ई–मेल मार्फत २०७७ माघ ५ गते प्राप्त भएको र ३ जनामा नयाँ प्रजातीको भाइरसको संक्रमण पुष्टि भएको छ ।’

मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष गरी तीन जनामा नयाँ प्रजातीको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनीहरु तीनै जनामा नयाँ भेरियन्टको कोरोना देखिएपनि कुनैमा पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध नभएसम्म सबैले सावधानी अपनाउनुपर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment