परराष्ट्रमन्त्री ज्ञवाली तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

 

काठमाडौं, १ माघ । परराष्ट्रमन्त्री प्रदीप  ज्ञवाली भारतको तीनदिने भ्रमणका लागि नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएकाे छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा  नेपाल-भारतबीच हुने छैठौं संयुक्त आयोगकाे बैठकमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

परराष्ट्रमन्त्री ज्ञवालीकाे भ्रमणमा नेपाल-भारतबीचकाे सीमा विवादका विषयमा छलफल हुने बताइएकाे छ । साथै भारतसँग नेपालले खरिद गर्न लागेकाे कोरोनाविरुद्धको खोपका बारेमा समेत प्राथमिकतासाथ कुरा हुने  जनाइएको छ । साे क्रममा नेपाल-भारतबिचकाे द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि तथा वैदेशिक लगानी, ऊर्जालगायतका विषयमा पनि छलफल हुने मन्त्रालय स्राेतले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment