एमाले विवाद : माधव नेपाल र भीम रावल ६ महिना निलम्बनमा


काठमाडौँ, १६ चैत । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवैजनाले पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै दुवैलाई पत्र पठाएर ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि दुवै नेतालाई पार्टी केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेको थियो । चैत १२ गते उनीहरुले पठाएको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment