इलामको पान्दाममा अनियन्त्रित भई अटो पल्टदा चालकको मृत्यु


इलाम, २३ फागुनः इलाममा अनियन्त्रित भएर अटो पल्टदा चालकको मृत्यु भएको छ । अन्दाजी १० बजेको समय सूर्योदय नगरपालिका–९ पान्दामबाट फिक्कल तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो अनियन्त्रित भएर सडकमा पल्टदा ४२ बर्षिय चालक सुखमान राईको मृत्यु भएको हो ।

अटोले थिचेर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी नायव निरिक्षक योगेन्द्र दाहालले जानकारी दिए । शवलाई अहिले पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment