१० हजार ४४८ को पीसीआर/एन्टिजेन परीक्षण गर्दा २ हजार ४२८ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४४८ जनाको पीसीआर÷एन्टिजेन परीक्षण गर्दा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार १ जनाको आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ३६५ जना र ४४७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४२८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५२ संक्रमित निको भए, ३ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ५२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ४४८ जनाको पीसीआर/एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २३ लाख ७९ हजार ४०२ जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment