नेपाल-खनाल समूहले संगठन विस्तार तथा प्रशिक्षण अभियान घोषणा गर्ने

काठमाडौं, २० चैत । नेकपा एमाले नेपाल-खनाल समूहले राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदन कर्यकर्ता माझ लैजाने भएको छ ।

शुक्रबार कलंकीमा बसेको नेपाल खनाल समुहको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका अभियान चलाउने समेत निर्णय गरेको छ । यस अभियानको घोषणाका लागि भोलि शनिबार पुन बैठक बस्ने पार्टीका एक स्थायी कमिटी सदस्यले बताउनु भयो ।


शुक्रबारको बैठकमा ओली समुहको एमालेले पार्टीका उपमहासचिव घनश्याम भूसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरेको कारवाहीका बारेमा पनि घोर बिरोध गरेको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीले एमालेको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएर कारवाही गरेको निष्कर्ष निकालेको बताइएको छ । यसले अध्यक्ष ओली पार्टी विभाजित गर्न उद्धत रहेको भन्ने पुष्टि गरेको पनि बैठकले निष्कर्ष निकालेको छ ।

त्यस्तैगरी आजको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा विभिन्न टोलीबाट आएका सुझावहरुको राजनीतिक प्रतिवेदनमाथि छलफल पनि गरेको बताएको छ ।

सर्वोच्च अदालतले नेकपालाई खारेज गरेपछि नेकपा एमाले र नेकपा माओवादीलाई पूर्ववत अवस्थामा फर्कन बाध्य भएका छन् । तर प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समुह मिल्न सकिरहेका छैनन् । पार्टीको विधान बिपरित गतिविधि गरेको भन्दै प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपालसहित केही नेताहरुलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment