विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु


विराटनगर । विराटनगरमा कोराेना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका विराटनगर–२ निवासी ४० वर्षका पुरुषको सोमबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

अस्पतालले आइतबार आईसोलेशन सञ्चालनमा ल्याएकै दिन भर्ना भएका पुरुषको मृत्यु भएको हो । गुप्ता गतवर्ष समेत संक्रमित भई निको भएको अस्पतालले जनाएको छ । उनलाई कोरोना पुष्टि भएपछि भर्ना गरिएको थियो ।

छाती दुख्ने समस्या भएपछि आईसोलेशनमा राखेर उपचार सुरु गरिएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार बन्द भएको आइसोलेसन पुनः सञ्चालन गरेकै दिन उनको मृत्यु भएको हो ।

नोबेलको आइसोलेसनमा अन्य पाँच जना संक्रमित भर्ना भएका छन् । बिराटनगरमा नोबेल शिक्षण अस्पतालले संक्रमितको उपचार गर्न सुरु गरेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment