कोरोना कहरः इलाममा १६ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको मृत्यु


इलाम, १६ बैशाखः देशभरी कोरोनाको संक्रमण वढी रहेको वेला इलाममा पनि थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय इलाममका कोभिड फोकल पर्सन विमल बरालका अनुसार आज इलाममा इलाम नगरपालिकाका ११ जना  र सूर्योदय नगरपाकिकाका २ जना, रोङ गाउँपालिकाका २ जना चुलाचुली गाउँपालिकाका १ जना गरी जम्मा १६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यसै गरी इलाममा एक जनाको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ ।  चुलाचुली गाउँपालिका ५ निवासी ८४ वर्षिय वृद्धाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment