इलाममा दुई दिन अघिबाट ढुङगाको चेप भित्र झरेको ब्यक्तिलाई शकुसल उद्धार


इलाम, १२ बैशाखः इलामको  इलाम नगरपलिका ५ बिप्ल्याटे बस्ने बर्ष ३० सन्त लिम्बु मिति २०७८ वैशाख १० गते बेलुका देखी घरबाट हिडी घर फर्की नआएकोमा आफन्त र प्रहरीले खोजी गरी रहेको अवस्थामा आइतबार (आज) इलाम नगरपलिका ५ भोर्लेनी स्थित अलैची खोल्सीको ढुङगाको चेप भित्र (ओडार) सोही स्थानमा घास काट्नेक स्थानिय मानिसले देखी प्रहरीलाई खबर गर्न साथ तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीको कमाण्ड प्रहरी टोली तथा अस्थाई प्रहरी बिट बिप्ल्याटेबाट प्रहरी सहायक निरीक्षको कमाण्डमा प्रहरी टोली खटिई गई स्थानिय मानिस र प्रहरीको प्रयासबाट  ढुङगाको चेप भित्र फसेको सो ब्यक्तिलाई सकुसल उद्धार गरी जिल्ला अस्पताल इलाममा उपचार भई रहेको छ साथै निज सन्त लिम्बुको स्वास्थ्य अवस्था सामान्य रहेको  अस्पतालले जानकारी दिएको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment