इलामको आइतबारे फुटबल खेलको उपाधि खुदनाबारी स्पोर्टीङलाई


इलाम, १२ बैशाखः आइतबारे युवा क्लबको आयोजनामा भएको खुल्ला नकआउट पुरुष फुटबल खेलको उपाधि  खुदनाबारी एफ सिले हात पारेको छ । बैशाख २ गतेबाट   बिरेन्द्र माध्यामिक विद्यालयको खेल मैदानमा संचालित उक्त फुटबल खेलमा इलाम र झापाका  १६ वटा टिमको सहभागीता रहेको थियो । 

नेपाली कांग्रेस खेलकुद बिभाग केन्द्रिय समन्वय बिभाग सदस्य डम्बर खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको फाइनल खेलमा खुदनाबारी एफ सि र यु टिम एम सि तिनघरे बिचको खेलमा खुदनाबारी एफ सिले मध्यान्तर अघि नै ३  का बिरुद्ध १ गोलको अन्तरले  यु टि एफ सि तिनघरेलाई पछि पारेको थियो ।

मध्यान्तर पछि भएको सनसनीपुर्ण  खेलमा यु  टि एम सि तिनघरेले थप २ गोल गर्न सकेपनि खुदनाबारीले थप  २  गोल गरे सँगै ३ गोलका बिरुद्ध ५ गोलले खुदनाबारी एफ सिले खेलको पहिलो उपाधि हात पारेको हो । 

यस अघि भएको महिला फुटबल खेलमा रोङको मानाङ टिमलाइ कुवापानीले शुन्य का बिरुद्ध १ गोलले पराजीत गरेको थियो  बिजेता हुने प्रथम टिमले रु बीस हजार मेडल ट्रफि  र उपबिजेता टिमले दशहजार सहित मेडल ट्रफि प्राप्त गरेको छ । 

पुरुष तर्फ  बिजेता टिमलाइ प्रमुख अतिथी नेपाली काँग्रेस खेलकुद बिभाग केन्द्रिय समन्वय विभाग सदस्य डम्बर खडकाले नगद रु एक लाख मेडल ट्रफि प्रदान गरे साथै उपबिजेता टिमलाइ सोनाम छिरीङ लेप्चाले नगद रु पचासहजार मेडल ट्रफि प्रदान गरेका थिए । 

समापन कार्यक्रममा उत्कृष्ट गोल रक्षक सहित बिभिन्न बिधामा उत्कृष्ठ  खेलाडीलाइ नगद पुरस्कारसहित सम्मान गरीएको थियो  पुरुष तर्फ भएको खेलका दुवै पुरस्कार नेता खडकाले प्रदान गरेकाहुन । आइतबारे युवा क्लबको आयोजनामा भएको १७ औं संस्करण फुटबल खेलको समापनका अवशरमा प्रमुख अतिथी क्लबका सदस्यहरु लगायत बिभिन्न ब्यत्तित्वहरुलाइ मायाको चिनो र सम्मान प्रदान गरीएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment