अधिकारी बशं प्रतिष्ठान इलामद्वारा भित्ते पात्रो बिमोचन

  •  बिमल अधिकारी


इलाम ११ बैसाख:   कश्यप गोत्रीय अधिकारी बशं प्रतिष्ठान इलामले भित्ते पात्रो बिमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कश्यप गोत्रीय अधिकारी बशं प्रतिष्ठान इलामले प्रकाशन गरेको नयाँ बर्ष २०७८ सालको भित्ते पात्रो आज एक  कार्यक्रमका बिच बिमोचन गरिएको हो।

कश्यप गोत्रीय अधिकारी बशं प्रतिष्ठान इलामका  अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षता तथा कश्यप गोत्रीय अधिकारी बशं प्रतिष्ठान केन्द्रिय अध्यक्ष नरेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यकम नवबर्षको शुभकामना आदनप्रदान गर्दै सम्पन्न भएको थियो। 

कश्यप गोत्रीय अधिकारी बशं प्रतिष्ठान बिर्तामोड नगरपालिका अध्यक्ष  टेकेन्द्र अधिकारी , केन्द्रिय सदस्य निर्मला अधिकारी ,इलाम उपाध्यक्ष लत्ता अधिकारी, केन्द्रिय सल्लाहकार होमनाथ अधिकारी लगायत इलामका अधिकारी बन्धुहरुको उपस्तिथिमा एनसिडिसी इलामको हलमा भएको कार्यक्रमलाइ इलाम जिल्ला समिती सचिब खेम राज अधिकारीले सञ्चालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment