भारतमा सर्वाधिक दैनिक संक्रमित र मृत्यु, एकै दिन ३६ सयको ज्यान गयो

माइपाेखरी न्युज  १७ बैशाख ।

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस महामारीको नयाँ केन्द्र भारत बनिरहेको छ । त्यहाँ दैनिक पौने ४ लाख मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ भने साढे तीन हजारभन्दा बढी मानिसको ज्यान गइरहेको छ ।

बिहीबारमात्रै भारतमा ३ लाख ७९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सले जनाएको छ । साथै बिहीबार २४ घण्टाभित्र कोरोना संक्रमणकै कारण त्यहाँ ३ हजार ६४७ जनाले ज्यान गुमाएका छन् । यो दुवै संख्या विश्वकै सर्वाधिक बढी हो ।















अहिलेसम्म भारतमा कुल संक्रमित संख्या १ करोड ८३ लाख ६८ हजार नाघेको छ भने कुल मृतक संख्या २ लाख ४ हजार नाघेको छ । १ करोड ५० लाख ७८ हजार संक्रमित निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ३० लाख ८५ हजार रहेको छ ।

भारतमा तीव्र रूपमा संक्रमण उकालाे लागेपछि नागरिकहरू उपचार समेत नपाएर मृत्यु वरण गरिरहेका छन् । दिल्ली लगायतका ठूला शहरमा काेराेना संक्रमित बिरामीका लागि अक्सिजन समेत हाहाकार भएकाे छ ।

हाल अर्को बढी संक्रमित फेला परिरहेको देख ब्राजिल हो । त्यहाँ बिहीबार दैनिक संक्रमित संख्या ७७ हजार २६६ रहेको छ भने ३ हजार १९ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी संयुक्त राज्य अमेरिकामा पनि बिहीबार ५६ हजार ६०५ संक्रमित थपिएकोमा ९५४ जनाले ज्यान गुमाएका छन् ।

१० हजारभन्दा बढी दैनिक संक्रमित रहेकाे १० देश-

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment