धरान र विराटनगरका विभिन्न अस्पतालहरुमा कोरोनाका कारण १४ को मृत



विराटनगर । धरान र विराटनगरका विभिन्न अस्पतालहरुमा पछिल्लो २४ घण्टामा विराटनगरका पूर्व राज्यमन्त्री राधाप्रसाद घिमिरेसहित १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–९ का ७६ वर्षीय पुरुष, गौरिगञ्ज–२ झापाकी ८४ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

त्यस्तै, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा विराटनगर–२ का ९१ वर्षीय पूर्व राज्यमन्त्री घिमिरे, झापा अर्जुन धाराका ५२ वर्षीय पुरुष, सप्तरी महादेव–२ की ६० वर्षीया महिला र सुनसरी धरान १५ का ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै, मोरङको बुढीगंगा गाँउपालिकामा रहेको विराट शिक्षण अस्पतालमा विराटनगर १० का ६५ बर्षकी महिला, विराटनगर १३ का ७० बर्षका पुरुष, लाहानका ५५ बर्षका पुरुष र शुनसरी दुहवी ११ का ७६ बर्षका पुरुष, झापा भद्रपुरका ५१ बर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका इन्र्चाज सुनिल देवले जानारी दिए ।

यता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतामा सुनसरीमा इटहरी ४ का २४ बर्षका पुरुष र उदयपुर त्रियुगा ११ का ३४ बर्षका पुुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सह प्रबक्ता चुरामणी पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment