
काठमाडौँ । बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिकास्थित खतवैयाबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा दुर्घटना भएको हो ।
ना४ख ४७४९ नम्बरको बस अनियन्त्रित भएर सडकको बाँया पट्टि खेतमा पल्टिएको प्रहरीले जनाएको छ । ४० जना सवार रहेको बसमा ५ जना गम्भीर घाइते भएका छन् ।। घाइते हुनेमा बालबालिका समेत छन् ।
घाइतेहरूलाई उपचारका लागि वीरगन्ज लगिएको छ। अन्य सामान्य आठ घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक रौतहट चंद्रपुर-८ का ३० वर्षीय अकलेश चौधरी बसलाई जैतापुर प्रहरीको नियन्त्रणमा थप अनुसन्धान थालेको छ ।
0 comments:
Post a Comment