विराटनगरमा थप १२ संक्रमितको मृत्यु


  विराटनगर । पछिल्लो १२ घण्टामा विराटनगरका अलग-अलग अस्पतालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा विराटनगर- १ का ३४ वर्षीया महिला, विराटनगर- १४ का ६८ वर्षका पुरुष, सुनवर्षी नपगरपालिका- ३ मोरङका ५३ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको सो उपचार केन्द्रका फोकल पर्सन अनुपम राजबंशीले जानकारी दिनु भएको छ ।

यसै गरी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका- ४ का ५२ वर्षका पुरुष, विराटनगर- १ का ३५ वर्षका पुरुष, बेल्टार- ५ उदयपुरका ५६ वर्षका पुरुष, पथरी सनिश्चरे- १ मोरङका ६४ वर्षकी महिला, सिराहा- ६ का ६२ वर्षका पुरुष, सिराहा- ७ का ६९ वर्षका पुरुष र मोरङको सुन्दर हरैँचा- ९ की ६० वर्षकी महिलाको उपचारको क्रममा मृत्यु भएको सो अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

यसैगरी विराट अस्पतालमा सर्लाही- १ लालबन्धी का ३५ वर्षकी महिलाको र इलाम- ८ का ३४ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको सो अस्पतालका कोभिड इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment