सुनसरी र मोरङका कोभिड अस्पतालमा रहेका ६ जना संक्रमितको मृत्यु



विराटनगर । पछिल्लो १२ घण्टामा सुनसरी र मोरङका कोभिड अस्पताल तथा होम आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार राति धरान ३ का ६४ वर्षीय उद्योगीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने सोही अस्पतालमा विराटनगर महानगरपालिका–५ की ५२ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

मृतक धरानका उद्यगीलाई वैशाख १७ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतनल भर्ना गरिको थियो । उनी भारतको नयाँ दिल्लीमा आन्द्राको अप्रेसन गरेर फर्किएपछि कोरोना पोजेटिभ देखिएको थियो ।

गम्भीर समस्या भएपछि अस्पताल आएका उनको अक्सिजनको मात्र कम भएर उपचारको क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ । यसैगरी मोरङको जहदा गाँउपालिका–२ का ६५ वर्षीय पुरुषको विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा उपचारकै क्रममा शनिवार विहान मृत्यु भएको छ ।

२४ गते कोरोना पोजेटिभ पुष्टि भएपछि सोही दिन उपचार केन्द्रमा भर्ना भएका उनको २५ गते विहन राति मृत्यु भएको केन्द्रले जनाएको छ । उच्च रक्तचाप र मधुमेहका विरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना गरिएको थियो ।

त्यसैगरी मोरङको कटहरी गाँउपालिका–२ की ९१ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । उनको वैशाख २२ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई होम आइसोलेसनमा राखिएको थियो एक्कासि स्वास प्रश्वासमा समस्या आएपछि अस्पताल लैजाने तयारी गर्दागर्दै उनको शुक्रबार राति मृत्यु भएको हो ।

बुटवल घर भएका ५१ वर्षीय एक पुरुषको पनि विराटनगरमा गएराति मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ मा डेरा गरी बस्दै आएका उक्त पुरुषको स्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार श्वाब संकलन गरिएको थियो । मृत्यु भएपछि शनिवार पोजेटिभ रिपोर्ट आएको विराटनगर महानगरपालिकाले जानाएको छ ।

यसै गरि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पञ्चकन्या १ तेह्रथुमकी २० वर्षीया एक महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएर बैशाख १७ गते अस्पताल भर्ना भएकी उनको वैशाख १९ गते पीसीआर पोजेटिभ देखिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment