झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु


झापा । झापाको बुद्धशान्ति गाँउपालिकामा भएको सवारी दुर्घटनामा परि एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिकाका कर्मचारी दीपक नेपाल रहको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परि गाउँपालिकाका कर्मचारी नेपालको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका उनलाई अस्पतालमा मृत घोषित गरिएको थियो।

ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment