मुलुकभर ८ हजार ४१८ जना नयाँ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु


  काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ३०४ जनाको पीसीर/एन्टिजेन परीक्षण ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१७ हजार ३१५ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ४१८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३७० संक्रमित निको भए, ५३ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३७० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ३७० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ९८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १८ हजार ३०४ जनाको पीसीआररएन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २६ लाख १५ हजार ७२० जनाको पीसीआर/एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment