इलाममा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो


इलाम, २५ बैशाखः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप १८ जनामा कोरोना संक्रमण भएको छ । 

इलाम नगरपालिकामा ३ जना महिलामा संक्रमण भएको छ । माइनगरपालिकामा  १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । माइमा ३ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टी भएको हो । रोङ गाउँपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै गरी इलामको माङसेवुङमा पनि पहिलो पटक कोरोनाको दोस्रो लहर पुगेको छ आज माङसेवुङमा एक जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । 

इलाममा हाल सम्म १३४ जनामा कोरोना सक्रमण भएको छ भने ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका दुई जना र इलाम नगरपालिकाका २ जना रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment