कोरोना कहर: २ जनाको मृत्यु भएपछि इलाम बजारमा आवतजावत बन्द गर्ने निर्णय

 


बैशाख २१ इलाम । इलामका आज एकै दिन २ जनाको कोरोना संक्रमणको कारण निधन भएपछि इलाम नगरपालिका–७ मा आवागमन नियन्त्रण गर्ने निर्णय गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले २२ गते देखि ३१ गतेसम्म इलाम नगरपालिका–७ को टुडिखेल देखि जिरो किलोमिटर तथा टुडिखेल देखि धोविधारा सम्मको क्षेत्रमा ओषधोपचार, खाध्यबस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक बाहिर निस्कन नपाउने गरी आवागनमन नियन्त्रण गर्ने निर्णय गरेको हो ।

जिरो र धोविधाराबाट बजार क्षेत्रका लागि अत्यावश्यक बस्तु ढुवानीका सामना बोकेका सवारी साधन तथा औषधी र उपचार प्रयोजन बाहेकका सवारीलाई मेची राजमार्गबाट मात्र आवतजावत गराउने डिसीसीएमसीले निर्णय गरेको छ । राजमार्गमा पर्ने विब्ल्याटे बजार क्षेत्रमा लामो दुरीका सवारीसाधनलाई पार्किङमा निषेध गरिएको छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने निकाय वा कार्यालयहरुमा भिडभाड नहुने गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई न्युनतम कर्मचारीबाट सेवा प्रवाहका साथै अनलाइनबाट दिन सकिने सेवालाई अनलाइन मार्फत दिन अनुरोध गरेको छ । कर्मचारीहरुले अनिवार्य रुपमा आफ्नो परिचयपत्र र युनिफर्म लगाई आवतजावत गनुपर्ने छ । जिल्लामा हालसम्म कोभिडका कारण ४ जनाले ज्यान गुमाएका छन् ।

प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काको अध्यक्षतामा बसको बैठकमा सल्लाहकार जिल्ला समन्वय समिति प्रमुख गणेश बराल र इलाम नगर प्रमुख महेश बस्नेत, सहायक प्रजिअ झरेन्द्र प्रसाद चापागाई, नेपाली सेनाका प्रमुख सेनानी प्रभात थापा, प्रहरी उपरिक्षक नविनराज राई, शसस्त्र प्रहरी उपरिक्षक सुधिरजंग थापा, प्रमुख अनुसन्धान अधिकृत पुष्पनारायण दाहाल रहेका थिए ।आमन्त्रितको रुपमा स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दास, कोभिड फोकल पर्सन बिमल बराल, इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालु र पत्रकार महासंघ इलामका अध्यक्ष बिप्लब भट्टराई सहभागि थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment