झापामा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि


झापा । पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या ५ हजार ४२२ पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार ७० महिलासहित १६२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा ४ महिलासहित १३ जना, बिर्तामोडमा १८ महिलासहित ३८ जना, गौरादहमा ६ महिलासहित १२ जना, मेचीनगरमा ७ महिलासहित १७ जना, भद्रपुरमा १७ महिलासहित ३७ जना, कनकाईमा ३ महिलासहित ११ जना, हल्दीबारीमा ६ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, अर्जुनधारामा ४ महिलासहित ६ जना, बुद्वशान्तिमा २ महिलासहित ३ जना, गौरीगञ्जमा १ जना पुरुष, कमलमा ६ महिलासहित ८ जना, शिवसताक्षीमा २ महिलासहित ३ जना, बाह्रदशीमा १ महिलासहित २ जना र ठेगाना नखुलेका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

त्यस्तै झापा शिवसताक्षी–८ का ७० वर्षीय पुरुषको बिर्तामोड स्थित वीएन्डसीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । झापामा आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ७४१ पुगेको छ भने कुल मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment