मुलुकभर ७ हजार ६६० जना नयाँ कोरोना संक्रमित थपिए, ५५ को मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७०२ जनाको आरटी–पीसीआर÷एन्टिजेन परीक्षण गर्दा ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१६ हजार १ सय ३१ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ जना र ५ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार ६६० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७७५ संक्रमित निको भए, ५५ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ७७५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ सय ५३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ७०२ जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख ३७ हजार २९५ जनाको पीसीआर÷एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment