इलाममा थप ८ जना कोरोना संक्रमित


इलाम । इलाममा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ६ जना पुरुष र २ जना महिला रहेका छन् । जिल्लाको इलाम नगरपालिकामा ४ जना, रोङ गाउँपालिकामा २ जना, सूर्योदय र माईमा १/१ जनामा संक्रमण देखिएको छ । अन्य स्थानीय तहमा आज कोरोनाको संक्रमण देखिएको छैन् ।

जिल्लामा हालसम्म ५४ जना कोरोना संक्रमित रहेका छन् । जसमा ३३ पुरुष र २१ महिला रहेका छन् । सबैभन्दा बढि संक्रमित हुनेमा इलाम नगरपालिका क्षेत्रका १२ पुरुष र ११ महिला गरी २३ जना रहेका छन् । रोङ गाउँपालिकामा १५ जना, चुलाचुलीमा ५ जना, सूर्योदयमा ४ जना, माईमा ३, फाकफोकथुममा २ तथा देउमाई र माईजोगमाईमा १/१ जना रहेका छन् ।

नयाँ भेरिएन्ट सहितको दोश्रो लहरको कोरोनाबाट सन्दकपुर र माङ्सेबुङ गाउँपालिकामा संक्रमित भेटिएका छैन् । जिल्लामा हालसम्म २ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । मृत्यु हुनेहरु झापासंग सिमाना जोडिएको चुलाचुली गाउँपालिकाका रहेका छन् । हालसम्म चुलाचुली–१ की ८४ बर्षिय महिला र चुलाचुली–५ का ८८ बर्षिय पुरुष रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment