मुलुकभर ७ हजार ४४८ जना नयाँ कोरोना संक्रमित थपिए, ३७ को मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १७६ जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१६ हजार ६ सय ५८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार ३८८ जना र ५ सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार ४४८ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २१ संक्रमित निको भए, ३७ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार २१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ सय १२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १७ हजार १७६ जनाको पीसीआर÷एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २५ लाख २१ हजार १६४ जनाको पीसीआर÷एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment