मुलुकभर ८ हजार ३०५ जना नयाँ कोरोना संक्रमित थपिए, १९० को मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २२ हजार ०८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२१ हजार ६९५ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार २२७ र ३ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ३०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५४३ संक्रमित निको भए, १ सय ९० को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ५४३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ५५ हजार ७९३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ९० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment