कोरोनाबाट एमाले नेता पशुपति चौलागाईंको मृत्यु

 काठमाडौं । कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको मृत्यु भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

नेकपा एमालेका नेता चौलागाईंको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । एमालेका लोकप्रिय नेता चौलागाईँ गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुहुभएको थियो ।

नेकपा एमालेको युवा संघका पूर्व अध्यक्ष समेत रहेका चौलागाईं यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित हुनुहुभएको थियो ।

चौलागाईं २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुहुभएको थियो । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज समेत हुनुहुन्थ्यो ।

काठमाडौं पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई समेत कोरोना पोजेटिभ देखिएका कारण उनीहरू होम आइसोलेसनमा छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment