मुलुकभर ९ हजार ३०५ जना नयाँ कोरोना संक्रमित थपिए, १६८ को मृत्यु

 काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ७८६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२० हजार ३६२ जनाको आरटी–पीसीआर परीक्षण र ४ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार ३०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ३४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४४४ संक्रमित निको भए, १ सय ६८ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४४४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ४४४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय १७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ७८६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २६ लाख ९३ हजार ०८८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ६८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment