इलामा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९ पुग्यो


इलाम, २९ बैशाखः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप १३ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकामा  २ जना महिला, रोङ गाउँपालिकाका एक जना पुरुष, माइ नगरपालिकाका ३ जना पुरुष, सूर्योदय नगरपालिकाका २ जना महिला ३ जना पुरुष र देउमाइ नगरपालिकाका २ जना पुरुष रहेका छन् । 

इलाममा हाल सम्म २०९ जनामा कोरोना सक्रमण भएको छ भने ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका दुई जना, इलाम नगरपालिकाका ३ जना, देउमाइ नगरपालिकाका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ९ पुगेको छ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment