
काठमाडौं । विपक्षी ५ दलका गठबन्धनका शीर्ष नेताहरु सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेर फर्किएका छन् । सोमबार दिउँसो अदालतमा संसद पुनस्र्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न मागसहित रिट निवेदन पेश गरेर विपक्षी दल फर्किएका हुन् ।
अदालतमा पेश गरिएको रिटमा प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षर रहेको छ । रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल अदालत पुगेका थिए ।
रिट निवेदनमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश मागिएको छ भने अन्तरिम आदेशद्वारा निर्वाचन बदर र एमालेलगायत जसपाका सांसदलाई कारवाहीबाट जोगाउन समेत माग गरिएको छ ।
0 comments:
Post a Comment