इलाममा थप २७ जनामा कोरोना संक्रमण, आज थप २ को मृत्यु मृतकको संख्या १७ पुग्यो


इलाम, १० जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप २७ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । आज थपिएका २७ संगै इलाममा संक्रमितको संख्या ६५४ पुगेको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकाका ६ जना पुरुष ५ जना महिला,  रोङ गाउँपालिका ४ पुरुष, ५ महिला, माङसेवुङ गाउँपालिका १ पुरुष, चुलाचुली गाउँपालिकामा १ महिला रहेका छन् । 

इलाममा थप एकको मृत्यु 

इलामा आज थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ मृत्यु इलाम नगरपालिका ७ का ४७ वर्षिय पुरुष रहेका छन् । 

त्यसतै आजै सूर्याेदय नगरपालिका ३ का ६८ वर्षिय महिलाको मृत्यु भएको छ । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ  । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ८ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका ३ जना, माई नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा  ६५४ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ७३ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment