झापाको मेचीनगरमा युवा क्लबहरुले सञ्चालन गरे कोरोना संक्रमण सम्वन्धी हेल्प डेक्स

  •  रिसब आचार्य


मेचीनगर, १० जेठ १०, कोरोना भाइरसको यो विषम परिस्थितिलाई मध्यनजर गर्दै मेचीनगर १०, झापामा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थाहरु Youth Network for Covid Response संजाल बनाएर सोही क्षेत्र आसपासको ८ स्थानमा बिगत १५ दिन देखी निरन्तर सेवा दिदै आएका छन । उनीहरुले झापाको मेचीनगरको ढाट चोक, मेचीनगर, लालपानी , दनुवार बस्ती,खयरडाङ्गी, चर्च नजिक,खयरडाङ्गी, शान्ति चोक,खयरडाङ्गी, धुलाबारी स्वास्थ्य केन्द्र,धुलाबारी, प्रगति टोल, धुलाबारी बजार सिरान लगायतका स्थानहरुमा   कोभिड हेल्प डेक्स  संचालनमा भईरहेको छ । उक्त संजालमा मेचीनगर क्षेत्रमा क्रियाशिल  Youth Advocacy Nepal, Lady Jaycees, Dhulabari,  Junior Jaycees, Dhulabari,  प्रगतिशिल युवा क्लब,  Dhulabari Futsal Arena, Dhulabari,  Nepal Scout ( United Youth Open Scout Crew) ,  naya bihani aama samuha,  pahilo paila nepal  सामाजिक संस्थाहरु आबद्ध रहेका छन् ।।

 हेल्प डेस्क मेचीनगर वार्ड कार्यलय १०, प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबरी र इलाका प्रहरी कार्यलय, धुलाबारीको सहकार्य र संवन्यमा गरेर संचालित हो। 

यस हेल्पडेस्कबाट निःशुल्क मास्क, सैनिटाइजर र बिशेषज्ञ डक्टर र स्वास्थकर्मीहरुबाट परामर्शको सेवा उपलब्ध छ। साथै, बिभिन्न जनचेतनामुलक पोस्टर स्वास्थमा सजकता ल्याउने सन्देशमुलक सामग्रीहरु पनि टासीएका छन।

थप समस्या बढ्दै गएको खण्डमा औषधी घर पुर्याउने, oxygen, ICU र ventilatorको खोजी गर्न सहयोग र सहकार्य गर्ने देखी राहतको प्याकेज बितरण गर्नेसम्मको योजना रहेको छ। आजसम्म बिभिन्न स्थानमा रहेको हेल्प डेस्कबाट ५००० भन्दा धेरै मानिसहरुले सेवा लिईसकेको संजालका संयोजक बिनय कार्कीले बताउनु भयो। 

४० जना सक्रिय युवाहरु प्रत्यक्ष रुपमा जोडिएर स्वयमसेवा गर्दै आउनु भएको छ भने भोली दिनमा कोभीड जनस्तरमा पुग्दै गरेको समय हामी चिकित्सकसँगको परामर्श र सहकार्यमा आइसोलेशन सेन्टर चलाउन सक्ने योजना बोकेका छौ। युवा संजालका सदस्य एवम धुलाबारी फुटसल एरेनाका संचालक अभिषेक बिष्टले बताउनु भयो।

जति पनि राहत, स्वास्थ सामग्री लगायतका सामानहरु छन ति सबै हामीले कोही ब्यापारी, उद्योगी, समाजसेवीसँग हात जोडेर मागेर ब्यवस्था गरेका हौ भने धेरै जनाले हाम्रो बुथमा आएर राखिएको सहयोग पेटिकामा गरेको सहयोगले पनि ठुलो सहयोग भएको छ।

स्थानिय सरकार र वार्ड अध्यक्ष सुबेश पनेरू र प्रहरी प्रशासनले पनि हामीलाई सकेको सहयोग गर्दै हुनुन्छ।ू संजालका सदस्य बिशाल कार्कीले बताउनु भयो।

स्थानीय रुपमा उपलब्ध सामग्रीमा प्लास्टिकले बेरेर धेरैमा एक कोभीड हेल्प डेस्कमा २ जना स्वयमसेवक रहने गरेको छ। ग्लोव्स, फेसशिल्ड र माक्स लगाएर सेवामा तल्लीन युवा साथीहरु माथि स्वास्थ र दिइदै आएको सेवा चुस्त दुरुस्त एवम सुरक्षित बनाउन उतिकै चुनौती छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment