स्थायी कमिटी बैठक : माधव–झलनाथसहित ११ नेतालाई निष्कासन गर्ने निर्णय


काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

एमालेको शनिबार बसेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोही अनुसार आइतबार २४ घण्टाको म्याद दिएर स्पष्टीकरण सोधेपनि उक्त समूहले स्पष्टीकरण दिएका थिएनन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment