अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई सेनाको निर्देशन : ‘‘रिकल टु ड्यूटी’का लागि तयारी अवस्थामा रहनु’

काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फिर्ता हुन (रिकल टु ड्यूटी)का लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

जङ्गी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका सैनिक स्वास्थ्यकर्मीहरुलाई ‘रिकल टु ड्ूटी’को निर्देशन दिएको हो ।

तीब्र रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि अवकास प्राप्तस्वास्थ्यकर्मीहरुलाई ‘जुनसुकै बेला बोलाउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन निर्देशन दिइएको हो ।

यसैबीच तीब्र रुपमा फैलिरहेको कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि विभिन्न योजना तर्जुमा तथा आवश्यक तयारीहरु भइरहेको जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment