
मोरङ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख बजेट प्रस्तुत गरिएको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख गरी ३२ अर्ब ४६ करोड ९२ लाख बजेट छुटाइएको बताए।
अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट विनियोजन गरेको थियो।
सोमबार प्रस्तुत गरिएको बजेटमा स्थानीय तहतर्फ सरकारले ३ अर्ब २२ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ भने वित्तिय व्यवस्थापन तर्फ ३ करोड विनियोजन भएको छ ।
आन्तरिक राजश्व संकलनतर्फ प्रदेश सरकारले ४ अर्ब ९ करोड ७७ लाखको लक्ष्य राखेको छ । राजस्व बाँडफाँड तर्फ ९ अर्ब ८१ करोड ६६ लाख, समानिकरण अनुदान तर्फ ८ अर्ब ५६ करोड, सर्सत अनुदान तर्फ ५ अर्ब ९६ करोड ७७ लाख, समपुरक अनुदानतर्फ १ अर्ब १६ करोड ४८ लाख र विशेष अनुदान ५९ करोड ३३ लाख गरी कुल राजस्व र वित्तिय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त हुने भनिएको छ । जसअन्तर्गत प्रदेश सरकारको बचत २ अर्ब रुपैया रहेको छ ।
बैदेशिक अनुदान २६ करोड १३ लाख व्यर्होने आर्थिक मामिलामन्त्री आङ्कबुहाङले बताएका छन् ।
बजेटमा आवास तथा भौतिक पूर्वाधार विकासका लागि १३ अर्ब २१ करोड छुट्याइको छ ।
बिराटनगरको घिनाघाटदेखि बिराटचौकसम्मको निर्माणधिन सडकका लागि ५ अर्ब २१ करोड बिनियोजना गरिएको छ ।
मुख्यमन्त्री ग्रामिण सडक आयोजनाका लागि ३२ करोड बिनियोजन गरेको छ ।
स्वास्थ्य क्षेत्रमा ३ अर्ब २५ करोड र शिक्षा क्षेत्रको पूर्वाधार विकासमा १ अर्ब १९ करोड बजेट छुट्याइएको छ ।
युवा तथा खेलकुदको क्षेत्रमा मुख्यमन्त्री युबा उध्मशिलताका लागि १० करोड बिनियोजन गरिएको छ ।
समग्र कृषि क्षेत्रमा २ अर्ब ९० करोड बिनियोजन गरिएको छ । आगामी बर्षदेखि सञ्चालन हुने मेरो कृषि मेरो गौरब ५ करोड ७२ लाख बिनियोजना गरिएको छ ।
उद्योग बाणिज्यको क्षेत्रमा १८ करोड बजेट छुट्याइएको छ।
पर्यटन क्षेत्रमा ८३ करोड ३८ लाख बजेट बिनियोजन गरिएको छ।
उर्जा तथा सिचार्यको क्षेत्रमा ३ अर्ब १५ करोड रुपैया बिनियोजन गरिएको छ ।
प्रदेशमा कार्यरक्त कर्मचारीलाई १० दिनको पर्यटन काज बिदा दिइनेछ ।
0 comments:
Post a Comment