नारायणी नदीले सतर्कता तह पार गर्‍यो, सुरक्षित रहन जिल्ला प्रशासन कार्यालयको आग्रह


चितवन । नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले सतर्कता तह नाघेको हो । यस क्षेत्रमा ७.३ मिटर पानीको सतहलाई सतर्कता तह मानिन्छ ।

अहिले नारायणीको सतह बढेर ७.८ मिटर पुगेको छ । अहिले नारायणीको बहाब अझै बढ्ने क्रममा रहेको जल मापन केन्द्र देवघाटले जनाएको छ । यस क्षेत्रमा पानीको सतह ८ मिटर पुगे खतराको सूचक मानिन्छ ।

सुरक्षित रहन आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले मनसुनजन्य विपदबाट जोगिन सम्पूर्णलाई अनुरोध गरेको छ । अविरल वर्षाका कारण जिल्लाका नारायणी, राप्ती, रिउ खोला जस्ता नदीहरुमा पानीको सतह बढी रहेको भन्दै सुरक्षित रहन आग्रह गरिएको हो ।

आज (मंगलबार)एक विज्ञप्ती जारि गर्दै प्रशासनले लगाताको वर्षातले बाढी, डुबान तथा नदी कटान र इच्छाकामना गाउँपालिका लगायत अन्य नगरपालिकाका पहाडी भू–भागका क्षेत्रमा पहिरो समेत जाने जोखिम रहेको भन्दै क्षती नियन्त्रणका लागि पूर्व सूचना जारी गरेको हो ।

विज्ञेप्तीमा मनसुन पूर्व सूचनाका लागि निरन्तर एसएमएस माइकिङ्ग, रेडियो टेलिभिजनको सम्पर्कमा रहन । आश्रयस्थल सम्बनधी जानकारी राख्न । नदी, खोला नालामा काठ दाउरा समान्त, माछा मार्न लगायत बहानामा नजान सूचित गरिएको छ ।

यस्तै विपदको जोखिम रहेको ठाउँ र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले आफूसँग रहेका खानेकुरा, औषधि र सरसफाई जस्ता अत्यावश्यक सामग्रीहरु र महत्वपूर्ण कागजात झोलामा तयारी अवस्थामा राख्न भनिएको छ ।

स्थानीय निकायलाई विपद्को समयमा बालबालिका, जेष्ठ नागरिक, अशक्त अपाङ्गता भएका व्यक्तिहरु र गर्भवती महिलाहरुलाई विशेष ध्यान पु¥याउन निर्देशन दिइएको छ । कोरोना भाइरस महामारी अझै कायम रहेकोले नेपाल सरकारले तोकेका सबै जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न भनिएको छ ।

आफ्नो वरिपरी कुनै विपद्को घटना भए नजिकको सुरक्षा निकाय, स्थानीय तह, वडा कार्यालयमा सम्पर्क गर्न विज्ञप्तीमा उल्लेख गरिएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment