झापाको मेचीनगरले साताको २ दिन नि:शुल्क पीसीआर परीक्षण गर्ने


झापा । झापाको मेचीनगर नगरपालिकाले अब साताको दुई दिन नगरबासीको नि:शुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ ।

नगरमा कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलने क्रम जारी रहेपछि साताको हरेक आइतबार र बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने भएको नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत एवम् कोभिड संक्रमण नियन्त्रण कार्यदल सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिए ।

वस्तीका अनुसार पीसीआरसँगै एन्टिजिनसमेत हप्तामा दुई दिन गरिने भएको छ । जसका लागि हरेक सोमबार र शुक्रबार समय तोकिएको छ ।

अहिलेको बिषम् परिस्थितिमा मेचीनगरले स्वाब संकलनलाई थप व्यवस्थित र नगरबासीको सहजताका लागि निश्चत समय र स्थान निर्धारण गरिएको कार्यदलले जनाएको छ ।

पीसीआर परीक्षणका लागि हप्ताको हरेक आइतबार र बुधबार वडा नम्बर ८ स्थित आदर्श माविमा मध्यान्न १२ बजेदेखि १ बजेसम्मका लागि समय निर्धारण गरिएको छ । एन्टिजिन परीक्षण परिक्षणका लागि पनि सोही स्थान र समयमा हरेक सोमबार र शुक्रबार गरिने कार्यदलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment