
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १६ सय ९४ जना र ४ हजार ८ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख २८ हजार ९४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोनामुक्त भए, ४६ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९९४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४०६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख २२ हजार ५५४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ ।
0 comments:
Post a Comment