मुख्यमन्त्रीमा पोखरेल नियुक्त, सपथ ग्रहण आजै


कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धन तथा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री पोखरेललाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले आजै सपथ ग्रहण गराउने भएकी छन् । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शुक्रबार दाबी पेश गर्न २४ घन्टाको समय दिएका थिइन् ।

शनिबार दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरिएको थियो । यसबीचमा निवर्तमान मुख्यमन्त्री गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

तर, शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ सांसदले नयाँ सरकार गठनका लागि बहुमत पुर्याएर प्रदेश प्रमुखलाई दाबी पत्र बुझाइसकेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment