
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४८४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार ७११ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७६८ जना र ४ हजार ७७३ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४० हजार ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार १४१ जना कोरोनामुक्त भए, ३९ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार १४१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख ७६ हजार १६९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ३९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।
0 comments:
Post a Comment