इलाममा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु, थप ८ जनामा संक्रमण पुष्टी


इलाम, ३ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ८ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ८ जना थपिए संगै संक्रमितको संख्या १५ सय ६२ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा सूर्योदय नगरपालिकामा १ पुरुष, र माई नगरपालिका १ महिला ६ पुरुष रहेका छन् ।

इलाममा थप १ जनाको मृत्यु

इलाममा थप एक जनाको मृत्यु भएको छ । इलामको इलाम नगरपालिकाका एक जना रहेका छन् ।  हाल सम्म ३७ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ४५ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment