
काठमाडौं । पहिरोमा परेर डोटीमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दीपायल सिलगढी नगरपालिका ५ का ७ बर्षीय बिनोद भण्डारी र आएकी वडा नं, ७ राँतुलीकी ११वर्षकी जेनिषा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उनीहरु घरबाट केही टाढा चिसापानी भन्ने ठाउँमा बाख्रा चराउन गएको बेला पहिरोमा परि मृत्यु भएको हो । उनीहरु पानी परेपछि ओत लाग्न ओढारमा पसेको बेला पहिरो गएको प्रहरीको भनाइ छ ।
उनीहरु पुरिएको खबर पाएपछि घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले पहिरो पन्छ्याउदा उनीहरुको शव भेटिएको बताइएको छ ।
0 comments:
Post a Comment