
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५८४ जना र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४९ हजार ९४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोनामुक्त भए, ४६ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ९०४ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३४ लाख २२ हजार ७३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ ।
0 comments:
Post a Comment