इलाममा थप ५६ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु


इलाम, ३१ जेठः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ५६ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ५६ जना थपिए संगै संक्रमितको संख्या १५ सय २५ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकाका ६ महिला १ पुरुष, सूर्योदय नगरपालिकामा २ महिला २ पुरुष, माङसेवुङ गाउँपालिकामा ७ महिला १३ पुरुष, रोङ गाउँपालिकामा ५ महिला ८ पुरुष र माई नगरपालिका ६ महिला ६ पुरुष रहेका छन् ।

इलाममा थप १ जनाको मृत्यु

इलाममा थप एक जनाको मृत्यु भएको छ । इलामको माङसेवुङ गाउँपालिक ५८ वर्षिय पुरुष रहेका छन् । हाल सम्म ३५ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म ९२३ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment