मुलुकभर २,९१८ जना नयाँ संक्रमित थपिए, ५३ को मृत्यु


काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१९ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ३८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३ सय ८१ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोनामुक्त भए, ५३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ८१९ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३३ लाख ३७ हजार ३७३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment