इलामको दानबारीमा लागु औषध सहित ४ जना पक्राउ


इलाम, ३१ जेठः इलामको दानाबारीमा लागु औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ माई नगरपालिका ४ शंकर गाउँमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा  माई नगरपालिका ८ बस्ने २८ वर्षिय महेश थापा, सोही स्थान बस्ने वर्ष ३० को कुविरसिंह तामाङ, माई नगरपालिका १ बस्ने वर्ष २२ को रुपेश कुमार खत्री र माई नगरपालिका ३ बस्ने वर्ष २३ को सुदिप कुमार दनुवार रहेका छन । 


उनीहरुलाई माई नगरपालिका ४ शंकर गाउँ स्थित झापा विर्तामोडमबाट माई नगरपालिकाको गङगोटे हुँदै सितली बजार छिर्ने बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले मोटर साईकलमा आउदै गरेको ४ जना मानिसहरुलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ब्राउन सुगर (खैरो लिसाईलो पदार्थ ) अन्दाजी ५ ग्राम र निजहरुले चलाई ल्याएको प्रदेश नं १ ०१३ प. ७२२२ र ना ३२ प ६९१९ नम्बरको मोटर साईकल सहित पक्राउ गरिएको हो । 

उनीहरु र उनीहरुले चलाएको मोटरसाईकल तथा बरामद भएको लागु औषध सहित जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई अनुसन्धान भई जिल्ला प्रहरी कर्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी गराए ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment