इलामको भालुखोपमा बोलेरो पिकअप दुर्घटना, दुई जना घाइते, सहचालकको अवस्था गम्भिर


इलाम, ३१ जेठः इलामको सूर्योदय नगरपालिकाको भालुखोपमा बोलेरो पिकअप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । 

आइतबार साँझ  मेचिराजमार्गमा गोदक नारायणचोकबाट तिनघरे तर्फ जाँदै गरेको को १ च ४३१५ नं. को बोलेरो पिकअप मेचिराजमार्गबाट बाँया पट्टि करिव ५०० मिटर तल भिरमा खस्दा चालक सूर्योदय नगरपालिका १२ बस्ने बर्ष ५२ को डिल्ली श्रेष्ठ र सह चालक सूर्योदय नगरपालिका ११ बस्ने बर्ष ४० को रुपक श्रेष्ठ घाईते भई निजहरुलाई उपचारको लागी झापा लगिएको छ । 

उनीहरुको झापाको झापा स्थित विर्ता सिटी अस्पतालमा उपचार भई रहेको छ । जसमा सह चालक रुपक श्रेष्ठको अवस्था गम्भिर रहेको छ भने  चालकको अवस्था सामान्य रहेको तथा गाडी घट्‍ना स्थलमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment