इलाममा थप ४१ जनामा कोरोना, थप २ जनाको मृत्यु


इलाम, १६ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप ४१ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज ४१ जना थपिए संगै संक्रमितको संख्या १ हजार ८ सय ४३ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ८ महिला  ७  पुरुष, सूर्योदय नगरपालिकमा १ महिला, माङसेवुङ गाउँपालिकामा १ पुरुष, माइ नगरपालिकामा १ पुरुष, देउमाई नगरपालिकामा २ महिला २ पुरुष, सन्दकपुर गाउँपालिकमा ११ महिला, ८ पुरुष  रहेका छन् ।

थप २ जनाको मृत्यु

इलाममा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइ नगरपालिकाका १ जना र रोङ गाउँपालिकाका १ जना रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४८ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार ४ सय ९९ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment