
एजेन्सी। कोरोना संक्रमण फेरि बढ्न थालेसँगै अष्ट्रेलियाको सिड्नीमा थप एक महिनाका लागि लकडाउन गरिएको छ । जुनदेखि लकडाउन रहेको सिड्नीमा बुधबार न्यु साउथ वेल्समा एकैदिन १७७ जनामा संक्रमण फेला परेसँगै पुन एक महिनाका लागि लकडाउन थप गरिएको हो ।
बुधबार देखिएको संक्रमणको संख्या गत मार्चयताकै सबैभन्दा धेरै हो ।
यसवर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।
अष्ट्रेलियाको भिक्टोरिया र साउथ अष्ट्रेलियामा भने जारी लकडाउन बुधबारबाट हटाइएको छ । अष्ट्रेलिया सरकारले कोरोना भित्रन नदिन सीमा बन्द गर्ने, बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्नेलगायतका व्यवस्था गर्दै आएको छ ।
पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको अवस्थामा अष्ट्रेलियाको सिड्नीमा संक्रमण बढेको बताइएको छ । सिड्नीमा लागू गरिएको लकडाउन सेप्टेम्बर वा त्योभन्दा लामो लकडाउन गर्न भनिएको छ ।
0 comments:
Post a Comment