इलाम नगरपालिकाका ३४ सहित इलाममा थप ५७ जनामा कोरोना संक्रमण


इलाम, १३ साउनः इलाममा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा आज इलाम नगरपालिकामा मात्र ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । आज थपिएका ५७ सगै संक्रमितको संख्या ३२७५ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेहरु इलाम नगरपालिकाका १८ महिला १६ पुरुष,  सूर्योदय नगरपालिकामा ६ महिला ८ पुरुष,सन्दकपुर गाउँपालिकाका ३ महिला २ पुरुष, देउमाई नगरपालिकामा १ महिला २ पुरुष र  फाकफोकथुमा १  पुरुष रहेका छन् । 

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण ६८ जनाको मृत्यु भएको छ । इलाममा अहिले ९५६ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment